Logo

विमला पौड्यालको नियती भोगे परराष्ट्रमन्त्री एनपी साउदले, गठबन्धन टुट्न लागेको हो ?



काठमाडौं, २० फागुन । सत्ता गठबन्धनमा गम्भीर समस्या उत्पन्न भएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण आकस्मिक रुपमा स्थगित् भएको छ। फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आज (आइतबार) राति त्यसतर्फ जाने कार्यक्रम थियो ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि उनको भ्रमण रोकिएको छ । मन्त्री साउदले यसमा आफ्नो अपमान भएको महशुस गरेका छन् । राष्टियसभाको अध्यक्षको निर्वाचनको मुखमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुट्ने चर्चा छ ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको लागि नयाँ ढंगले छलफल चलाएका छन् । मन्त्री साउदको नियती पुष १० गते बनेको एमाले माओवादी गठबन्धनको सरकार हुँदाको परराष्ट्र मन्त्री विमला राई पौड्यालको जस्तै भएको छ ।
प्रधानमन्त्री दाहालले एमालेको साथ छोडेर कांग्रेससहितको गठबन्धन बनाउन लाग्दा विमला पौड्यालको जेनेभा भ्रमण साउदकै जसरी स्थगित भएको थियो । प्रधानमन्त्री दाहालले अन्तिम समयमा पौड्यालको भ्रमण रोकिदिएका थिए ।

साँझ ६ बजेको फ्लाईट थियो । तर, प्रधानमन्त्री दाहालले दिउँसो साढे तीन बजेतिर फोरन गरेर पौड्यालको भ्रमण रोकिदिएका थिए । ठिक एक वर्षपछि अहिले त्यस्तै घट्ना घटेको छ । त्यो पनि कांग्रेस माओवादी गठबन्धन टुट्ने हल्लाको बीचमा ।



प्रतिक्रिया दिनुहोस्