काठमाडौं, २१ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजनै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले आजनै सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारीसमेत गरेका छन् । जाँदाजाँदै मन्त्री अनितादेखिले संसद्मा उक्त विधेयक दर्ता गराएकी हुन् । आज नै मन्त्री पद जाने निश्चित रहेको अवस्थामा मन्त्री अनिता देवी भने सिंहदरबारमा अझै ब्यस्त छिन् ।
सङ्घीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्तसङ्घीय निजामती सेवा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुने उल्लेख छ । त्यसैगरी, निजामती कर्मचारीको सुरु नियुक्ति खुला र समावेशी सिद्धान्तको आधारमा प्रतियोगितात्मक परीक्षाद्वारा हुने विधेयकमा उल्लेख छ ।
साथै, सङ्घीय निजामती सेवा भ्रष्टाचारमुक्त, व्यावसायिक, जनउत्तरदायी, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जबाफदेही, स्वच्छ, सक्षम, दक्ष र प्रविधिमैत्री हुने र सङ्घीय निजामती सेवा अविच्छिन्न, गैरराजनीतिक र स्थायी सेवाको रूपमा विकास हुने विधेयकमा उल्लेख छ ।