Logo

शालिनले लेखेको भनिएको ‘सुसाईड नोट’ उनकै भएको पुष्टि



काठमाडौं, २२ फागुन । चितवनको एकता शिशु निकेतनद्वारा सञ्चालित होस्टेलमा झुण्डिएर आत्महत्या गरेकी १४ वर्षीय शालिन पोखरेलले लेखेको भनिएको सुसाईड नोट उनकै भएको पुष्टि भएको छ । चितवन प्रहरीका अनुसार शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर र उक्त सुसाईड नोट ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।

मृतक शालिनका परिवारले उक्त घटना आत्महत्या नभएर हत्या भएको दाबी गर्दै आएका थिए । उक्त घटना आत्महत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । शालिनले गत फागुन १२ गते आत्महत्या गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्