Logo

आज यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं, चैत १८ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस्