Logo

लुम्बिनीमा नाउपाका मन्त्री चौधरीले दिए राजीनामा



काठमाडौं,२२ चैत । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरीले राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट मन्त्री बनेका उनले केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्दै कांग्रेस नेतृत्वको प्रदेश सरकार छाडेका हुन् । आज मुख्यमन्त्री चौधरीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, त्यअघि नै नाउपा र जसपाबाट मन्त्री बनेकाहरुले राजीनामा दिएका छ्न ।

यसअघि जसपाबाट मन्त्री बनेका भण्डारीलाल अहिरले राजीनामा दिएका थिए। कृषि तथा भूमि व्यवस्थामन्त्री रहेका अहिरले सरकारलाई दिएको समर्थन फिर्तासहित राजीनामा दिएका हुन् ।

बिहीबार ४ बजे लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने भनेर बैठक डाकिएको थियो । तर साना दलले समर्थन नगरेपछि चौधरीले विश्वासको मत नमागी सदनमा राजीनामा दिने निर्णयमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot