काठमाडौं । देशभरि यतिवेला गर्मी बढेको छ । गर्मीमा फलफूलको प्रयोग धेरै नै गरिन्छ । आम मानिसमा आफ्नो छालाको स्वास्थ्यलाई लिएर चासो हुने गरेको छ । प्रायः मानिस आफ्नो अनुहारको छाला चम्किलो बनाउन चाहन्छन् । आज हामी अनुहारको छाला चम्किलो बनाउनको लागि फलदायी फलफूलको बारेमा चर्चा गर्न चाहन्छौं ।
विभिन्न अध्ययनले देखाएको छ कि छालाको स्वास्थ्यका लागि पोषणपनि महत्वपूर्ण हो । यस्तोमा हेल्थी स्किनको लागि सबभन्दा फाईदाजनक फलफूल भनेको बेरी मानिएको छ । बेरीमा ब्लुबेरिज, ब्ल्याकबेरिज, स्टबेरिज र र्यास्पबेरिज अनुहारको चमकको लागि लाभदायी मानिन्छ । यी फलमा एन्टिअक्सिडेन्ट पाईन्छ । साथमा भिटामिन सी पनि ।
छालाको चमकको लागि साईटस फ्रुट्सपनि फलदायी मानिएको छ । सुन्तला, कागतीलगायतका फलको नियमित सेवनले अनुहारमा चमक देखिन्छ । यस्तै, मेवा, खरबुजा, एभोकाडो, किवीपनि अनुहारको चमकको लागि लाभदायी मानिएको छ । दैनिक अनार र केराको सेवनले पनि छालाको त्वचा राम्रो बनाउन मद्दत गर्दछ । यस्तै, स्याउ, अंगुर र गोलभेंडापनि अनुहारको चमकको लागि एकदमै फलदायी मानिएको छ । file photo