Logo

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?



काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै,अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्