Logo

कस्तो रहला आज देशभरको मौसम?



काठमाडौं, वैशाख २ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने छ। आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा साधारणतया बदली रहि बाँकी भू-भागको मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्