Logo

आजको मौसम : कतै वर्षा, कतै हावाहुरी



काठमाडौं, वैशाख ५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ।

त्यस्तै, रातीसम्म देशभर आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्