Logo

यी चार प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, वैशाख ६ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसािर अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहने छ।

कोशी प्रदेशको थोरै स्थानहरु साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सफा रहने छ। आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्