Logo

माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै ओली फायर, एक साताभित्रै देखाईदिनेगरि रणनीति तय



काठमाडौं, १४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान एमाले–माओवादी केन्द्रको गठबन्धनमा सामेल छन् । तर, उनले दिनदिनै गठबन्धनबाट आफू बाहिरिने खालका अभिव्यक्ति दिएका छन् । उनले सत्ता गठबन्धनमा कुनै एक दलले साथ छोड्नेबित्तिकै यो सरकार ढल्ने चेतावनी दिनुको पछि आफ्नै दल गठबन्धनबाट बाहिरिन लागेको संकेत गरेका छन् ।

कतिपयले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन भत्काउनको लागि माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेको र सोहीअनुसार नेपालले गठबन्धनमा दिनानुदिन निहुँ खोजेको भनेर पनि टिप्पणी गर्ने गरेका छन् । माधव नेपालले नयाँ गठबन्धनमा सामेल भएपछि पनि वैकल्पिक गठबन्धन बनाउनको लागि धेरै पटक कांग्रेस सभापति देउवासँग एक्लाएक्लै भेटवार्ता गरेको चर्चा छ ।

माधव नेपालले साथ छोड्नेबित्तिकै जनता समाजवादी पार्टी कांग्रेससहितको नयाँ गठबन्धनमा आउनसक्ने देउवाको बुझाई छ । माधव नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि निरन्तर छलफल गरेका छन् । खासगरी सुदूरपश्चिम सरकारको नेतृत्वलाई लिएर सत्ता गठबन्धनमा माधव नेपालले भाँडभैलो मच्चाएको एमाले नेताहरुको बुझाई छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले त सुदूरपश्चिम प्रदेश सरकार गठनको प्रक्रियामा माधव नेपालको भूमिकालाई लिएर सार्वजनिक रुपमै आलोचना गरेका थिए । त्यसपछि दुई नेताबीच आरोपप्रत्यारोप जारी छ ।

ओलीले भने माधव नेपालले धेरै नै चुरीफुरी देखाएको भन्दै देखाईदिनको लागि पनि निर्णायक कदम चाल्न खोजेको स्रोतको दाबी छ । माधव नेपालको दलमा असन्तुष्ट सांसदहरुलाई साथमा लिएर अघि बढ्ने ओलीको तयारी छ । यसबारे ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरेको बुझिएको छ ।

माधव नेपालको पछिल्लो गतिविधि शंकास्पद रहेको प्रधानमन्त्री दाहालको पनि ठम्याई छ । योबीचमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका छन् । उनीहरुले माधव नेपालले धोका दिन लागेको विषयमा छलफल भएको थियो।

यो गठबन्धनबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बाहिरिएपनि सरकार ढल्ने अवस्था छैन् । तर, उपेन्द्र यादवपनि बािहरिए भने अप्ठ्यारो अवस्था आउनसक्छ । माधव नेपाल र उपेन्द्र यादवले मिलेर धोका दिन खोजे उनीहरुको पार्टी नै विभाजन गराउनसम्म ओलीले अन्तिम विकल्पको रुपमा भूमिका खेल्ने चर्चा पनि हुन सुरु गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot