Logo

पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा पत्रकार कालिका महत सम्मानित



काठमाडौं, १५ बैशाख । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकमका सम्पादक कालिकाबहादुर महत सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आज दोस्रो अधिवेशनको अवसरमा पत्रकार महतलाई सम्मान गरेको हो । आर्थिक मूलधार मासिक पत्रिकाका सम्पादकसमेत रहेका महत दुई दशकभन्दा बढि समयदेखि पत्रकारितामा सक्रिय छन् ।

आज (शनिबार) भक्तपुरमा सम्पन्न अधिवेशनले सम्पादक महतलाई दुई दशक बढी समयदेखि सक्रिय रुपमा पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ‘रजत अभिनन्दन २०८१’ बाट सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झाले संयुक्त रुपमा उक्त सम्मानपत्र हस्तान्तरण गरेका हुन् । पत्रकार महत महासंघ उपत्यका प्रदेश समितिका संस्थापक सदस्य पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot