Logo

एक-अर्काको राजनीति दाउमा लगाउन गगन थापालाई रवि लामिछानेको खुला चूनौति (भिडिओसहित)



काठमाडौं, २८ बैशाख । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सहकारीबाट ऋण लिनको लागि निवेदन दिएको प्रमाण दिए राजनीति नै छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्न नपाएपछि मिडियाकर्मीहरुसँग संसद् भवन परिसरमा बोल्दै उपप्रधानमन्त्री लामिछोनले यस्तो बताएका हुन् ।

उनले भने,‘मैले सदनमा बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो । म केही भनिहाल्थें । त्यो त कुनै ठूलो कुरा नै थिएन । मात्र मैले एकपटक बोल्न खोजेको थिएँ । अब म गगनजीलाई एउटा चूनौति दिन चाहन्छु । मैले किर्ते गरेको कुरा होईन, मैले कुनै लोन माग्नको लागि, निवेदन दिएर मैले ऋण मागेको प्रमाण छ भन्नुभएको छ उहाँले, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु । त्यो प्रमाण उहाँले दिनुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ ।’

उनले संसदीय समिति त सामान्य भैसकेको र बनाए हुने चूनौति दिए । रास्वपा सभापतिको रुपमा कुनै पनि परीक्षामा होमिनको लागि आफू तयार रहेको उनको उद्घोष छ । गगन थापासँग आफूविरुद्ध भएको प्रमाणको लागि पनि समिति बनाउनुपर्ने हो र ? भन्दै कडा प्रश्न गरे । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot