Logo

तीन करोडमा सबैभन्दा बढी ठग रवि लामिछाने रहेछन्ः प्रकाश रसाईली



काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले नेपाल सरकारको वैदेशिक रोजगार विभाग र वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दुवैको चरित्र समान रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) पार्टीनिकट भातृ संगठन वैदेशिक रोजगार फोरमको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुवैले भ्रष्टाचार गर्दिन भनेर सबैभन्दा बढी भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

वैदेशिक रोजगार विभागको बाहिर ‘म भ्रष्टचार गर्दिन्’ भनेर लेखिए पनि त्यहाँ सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको उनको ठोकुवा छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेले भ्रष्टाचारको विरोध गरेपनि तीन करोड जनतामा सबैभन्दा बढी भ्रष्टाचारी उही रहेको बताए ।

‘सरकारको वैदेशिक रोजगार विभाग रवि लामिछानेजस्तै रहेछ । बाहिर म भ्रष्टचार गर्दिन् भनेर लेखेको छ । तर, त्यहाँभन्दा भ्रष्टाचार काहीँ पनि छैन । अहिले को हुनुहुन्छ ? म उहाँलाई चिन्दछु ।’ उनले भने, ‘त्यस्तै, रवि लामिछानेले सबैले भ्रष्टाचार गरेको विरोध गर्ने तर, ऊ जस्तो ठग नेपालमा कोही पनि रहेन छ । तीन करोडमा सबैभन्दा बढी ठग उही रहेछन् ।’

साथै उनले प्रहरीलाई मन परेन भने मेनपावर व्यवसायीलाई तर्साउने, मार्दिने, पासपोर्ट लगिदिने, ताला लगाइदिने गरेको भन्दै आपत्ति जनाए । उनले वैदेशिक रोजार व्यवसायीले प्रहरीलाई मासिक रक्सीका बोतल पुर्याउन पर्ने, देशैं तिहारमा मासिक खर्च दिनुपर्नेलगायतका समस्या कायमै रहेको बताए । कुनै पनि कांग्रेस समर्थक क्रियाशील सदस्यलाई चौकी, प्रहरी, प्रशासन कसैले केही माग्यो भने, छापा मार्यो आफूलाई २४ घण्टाभित्र खबर गर्न पनि उनले आग्रह गरे । त्यसपछिको कारबाही पार्टीले गर्ने उनको भनाइ छ ।

साथै, कुनै वैदेशिक रोजगार विभागको कर्मचारीले सेवाग्राहीलाई दुःख दिएभने त्यतिखेर उसलाई थ्रेट गर्ने, तह लगाउने, सरुवा गर्ने कि अनशन बस्ने जिम्मा कांग्रेसले गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot