Logo

स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका प्रदीप यादवको शक्ति प्रदर्शन, एयरपोर्टदेखि सयौं गाडीहरुको लावालस्कर (भिडिओसहित)



काठमाडौं, ५ जेठ । नवनियुक्त स्वास्थय तथा जनसंख्यामन्त्री प्रदीप यादव मन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका छन् । पर्सा पुगेका मन्त्री यादवलाई बाराको सिमारा विमानस्थलबाट नै नेता तथा कार्यकर्ताहरुको भव्य स्वागतसहित गाडीको लावालस्कर लागेको छ ।

जनता समाजवादी पार्टी, नेपाल विभाजन गरेर जसपा गठन गरेपछि यादवले जिल्लामा आफ्नो शक्ति प्रदर्शन गरेका हुन् । उनी नयाँ दल जसपाको उपमहासचिवको जिम्मेवारीमा छन् । यादवलाई वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पनि दरिलो साथ दिएका छन् । उनले पार्टी विभाजनमा यादवलाई साथ दिएका छन् । पर्सामा यो जोडीलाई बाहुवली र टाईगर जोडीको रुपमा लिईन्छ ।



प्रतिक्रिया दिनुहोस्