Logo

फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिएपछि आक्रमक बने बालेन



काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले भ्रष्टलाई समाउन नसकेर फोहो बोक्ने गाडीका चार जना चालकलाई समाएको उनको टिप्पणी छ । मेयर बालेनले ससम्मान रिहाइको माग गरेका छन् । नियन्त्रणमा रहेका चालकहरुको ससम्मान रिहाइ नभएसम्म सिंहदरबारदेखि सबै दलको कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

भ्रष्टलाई समाउन सक्नुभएन । काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ । यो सरकारले । जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन्, सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को–को जुध्न आउने हो, आए हुन्छ । कसैलाई बाँकी छोडिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot