Logo

कैलाश सिरोहिया पक्राउबारे रास्वपाले पनि खोल्यो मुख, यस्तो छ पार्टीको धारणा



काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणबारे सत्तारुढ दल रास्वपाले आफ्नो जानकारीमा रहेको उल्लेख गरेको छ । बुधबार महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

ढकालले बुधबार एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजिवी पत्रकार एकै नभएको बताएका छन् । उनले भनेका छन्, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन ।’ उनले सिरोहिया पक्राउबारे स्पष्ट उल्लेख नगरे पनि ‘सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीको अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ– ‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

यस्तो छ ढकालले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्

Screenshot