Logo

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं,९ जेठ । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा रहने भएका छन् ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नागरिकता कीर्ति प्रकरणमा उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । सिरोहियाले लिएको नागरिकताको नम्बर उनी भन्दा पहिले अर्कै व्यक्तिको नाममा जारी भइसकेको देखिएको, उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र नागरिकतामा उल्लेख गरिएको जन्म मिति पनि शंकास्पद देखिएको प्रहरीको दाबी छ।

सिरोहियाले नागरिकता लिँदा बुझाएका कागजातको अभिलेख फेला नपरेको र नागरिकता लिने बेलामा उमेर पुगेकोमा पनि शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो।



प्रतिक्रिया दिनुहोस्