Logo

कैलाश सिरोहिया प्रकाउबारे ओलीले मुख खोले : रुवावासी भैराखेको छ, देशमा सबै कानूनका मातहातमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा मुख खोलेका छन् । गृहजिल्ला झापामा रहेका ओलीलाई एक कार्यक्रममा सरिक हुने क्रममा एफडिसी अनलाईन टिभीका पत्रकारले सिरोहिया पक्राउ प्रकरणमा मागेको धारणमा ओलीले धेरै रुवाबासी गर्नुपर्ने विषय नभएको भनेर टिप्पणी गरेका छन् ।

उनले भने,”यसमा धेरै ह्यु एण्ड क्राई (रुवाबासी) भैराखेको छ । यो त्यस्तो गर्नुपर्ने विषयजस्तो लाग्दैन मलाई । त्यसमा विवादका विषय हुन सक्दछन् । तर, उनलाई कुनै जन्मकैद गर्न खोजेको होईन । उनको कुनै, यो सञ्चारमाथिको हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ या मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यो समाचार प्रकाशित गर्यो ? किन यस्तो बोल्यो भन्ने विषय त होईन । विषय अर्कै छ । त्यस सम्बन्धमा फौजदारी कुरा होला । त्यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही समाउँदाखेरि मन्त्री समाउँदाखेरि, उपप्रधानमन्त्री समाउँदा हल्लिन, कराउन दुनियाँ गर्न नपर्ने ? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? यो सही वा गलत हो ? म त्यता जान चाहन्नँ । टाईमिङ ठिक भयो कि भएन ? त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? अब के सञ्चारका हकहरु खोसिएकै हुन त ? यस्तो मिसइन्टरप्रेटेशन, गलत व्याख्या उपयुक्त हुँदैन् । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।”

ओलीले कान्तिपुरले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियालाई गिरफ्तारी गरिएको भन्ने दाबीलाईसमेत अस्विकार गरे । उनले प्रश्न गरे-“के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको ? के लेखेको ? उनीमाथि आरोप के छ ? सरकारले गिरफ्तारी के लेखेको विषयमा भनेको छ ? लेखेको विषयमा यो लेख्यो भनेर हो र ? अहिलेको गिर्फतारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहीँ उचित हुँदैन् । देशमा सबै कानूनका मातहतमा छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot