Logo

संसद्मा आजपनि सत्ता र प्रतिपक्षीबीच धकेलाधकेल (तस्बिरहरु)



काठमाडौं,१३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेश गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षीको चर्को नाराबाजीकाबीच पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

आर्थिक सर्वेक्षण पेश गर्न पुनलाई सकस परेको थियो । उनलाई रोष्ट्रममा जान प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेको थियो ।

उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

तस्बिरहरु: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot