Logo

दाँतको उपचार गराउन छोरीहरुसहित वीर हस्पिटल पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । उनी छोरीहरु रेनु र गंगा दाहालसहित आज अपरान्ह दाँतको उपचारको लागि वीर अस्पताल पुगेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले वीर अस्पतालमा नै दाँतको उपचार गराईरहेका छन् । उनको दाँतमा समस्या भएपछि यसअघि ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot