Logo

६ वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, जेठ १७ । संघीय संसद्अन्तर्गत आज छ वटा संसदीय समितिको बैठक बस्दैछ । चार वटा प्रतिनिधिसभा अन्तर्गतका समिति र दुई वटा राष्ट्रिय सभा अन्तर्गतका समिति बैठकमा बस्न लागेको हो ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा साह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।

सोही बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै प्रतिनिधिकै, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पनि आव्हान गरिएको छ । बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने तयारी समितिको छ ।

सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । तर बैठकको कार्यसूची भने सचिवालयले सार्वजनिक गरेको छैन ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजेका लागि डाकिएको छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा समितिमा छलफल गर्ने तयारी छ । यसैगरी, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे नै बस्ने छ ।

बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्य योजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।
त्बनक स् संसदीय समिति बैठक
प्रतिक्रिया दिनुहोस



प्रतिक्रिया दिनुहोस्