Logo

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला जारी, छ महिनाको वारेन्टीसहित ६० प्रतिशतसम्म छुट पाइने (फोटोफिचर)



काठमाडौं, २० जेठ । काठमाडौंको भृकुटीमण्डपमा वृहत जुत्ताचप्पल व्यापार मेला जारी रहेको छ । विगत १ महिनादेखि जारी रहेको जुत्ताचप्पल मेला आगामी असार ३ गतेसम्म चल्ने बताइएको छ ।

मेलामा जुत्ताचप्पल उत्पादक ११ वटा कम्पनीका ३० भन्दा बढी ब्राण्डका ८ हजारभन्दा धेरै भेराइटीहरु उपलब्ध रहेको आयोजक समितिले बताएको छ ।

जुत्ताचप्पल मेलामा रन सुज, शिखर सुज, सुल्याण्ड, हिमानी, वान वल्र्ड, पीजी सुज, एक्स्ट्रा सुज, बोस सुज, भेनस सुज, सिल सुज, आइडल सुजको उत्पादनहरु विक्रीमा राखिएको छ ।

एक्स्ट्रा सुजका सञ्चालक तथा जुत्ताचप्पल मेला आयोजक सविन कार्कीले एक महिना लामो व्यापार मेला अहिलेसम्म पनि उत्साहजनक रहेको बताए । उनले आर्थिक मन्दीको विषम परिस्थितिमा पनि जुत्ताचप्पल मेलामा ग्राहकहरुको उल्लेखनीय सहभागिता रहेको बताए ।

जुत्तापप्पल मेलामा सबै कम्पनीका उत्पादनहरुमा ६ महिनाको वारेन्टीसहित १० देखि ६० प्रतिशतसम्म छुट पाउन सकिने आयोजक कार्कीले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot