Logo

बालेनले भत्काएको सडक धमाधम पिच हुँदै, नगर प्रहरी फर्किए (तस्बिरहरु)



काठमाडौं, २१ जेठ । काठमाडौंको न्यूरोड क्षेत्रका सडकमा काठमाडौं महानगरपालिकाले भत्काएको ठाउँमा कालोपत्रे गरिएको छ ।

सोमबार बिहान सडक विभागकबा कर्मचारीले कालोपत्रे गरेका हुन् । त्यसक्रममा काठमाडौं महानगरको नगर प्रहरीसँग विवाद भएको थियो । नगर प्रहरीलाई रोक्दै स्थानीयको सहयोगमा भत्किएको सडकमा पिच गरिएको हो ।

केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुर्न थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगरप्रहरी पठाएका थिए ।

सडक डिभिजन कार्यालयले महानगरलाई २ दिनभित्र कालोपत्रे गर्ने अल्टिमेटम दिएको थियो। महानगरले फुटपाथ निर्माणको अधिकार महानगरको भएकाले कानुनी लडाईमा जाने उल्लेख गरेको थियो।

सबै तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot