Logo

तत्कालीन भूमिमन्त्रीको खुलासाः गिरीबन्धु प्रकरणमा ओलीले अनेक चलखेल गर्नुभएको छ (भिडिओसहित)



काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनालले गिरीबन्धु टि स्टेटको काम नगर्दिएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भूमिमन्त्रीबाट हटाएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गिरीबन्धु टि स्टेटको कामलाई लिएर तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई सो मन्त्रालयबाट हटाइ पद्मा अर्याललाई ल्याएको बताएका हुन् ।

उनले सो प्रकरणमा एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीले अनेक चलखेल गरेको दाबी गरे । ‘म प्रधानमन्त्रीको सल्लाहकार हुँदा, म भूमिमन्त्री हुँदा गिरीबन्धुमा यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भनेर पटक–पटक आइरहन्थे । हामीले भनेको हो त्यतिबेला, यो कुनै हालतमा पनि हुँदैन भनेपछि भूमि मन्त्रालयबाट मलाई हटाएर त्यसपछि पद्माजीलाई ल्याएर अनेक गर्ने काम केपीजीले गर्नुभएको हो नि,’–उनले भने ।

उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले ओलीमाथि लगाएको आरोप सही रहेको बताए । ऐन संशोधन गरेर गिरीबन्धुमा चलखेल गर्नुपर्छ भनेर तत्कालीन अवस्थामा अनेकौं छलफल चलेको बताए ।



प्रतिक्रिया दिनुहोस्