Logo

गण्डकीमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररामज पाण्डेले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका हुन् ।

संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार विश्वासको मत लिन लागेका हुन् । तर सबैभन्दा ठुलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत पाउन मुस्किल देखिएको छ ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अहिले कांग्रेससँग जम्मा २७ मत रहेका छ । बहुमतका लागि पाण्डेलाई राप्रपासहित स्वतन्त्र एक र नेसपाका सांसदले मत दिनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्