काठमाडौं,२८ जेठ । गण्डकी प्रदेश सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् ।
सोमबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनका लागि राखेको प्रस्तावमाथिको मतदानमा भाग लिँदै उनले पाण्डेको पक्षमा मत दिएका हुन् । उनले विश्वासको मत दिएसँगै पाण्डे सरकार जोगिने निश्चित भएको छ ।