काठमाडौं,२८ जेठ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ ।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लो क्रस गरेर मत दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै एमाले र माओवादीका सांसदहरु प्रदेश सभाबाट बाहिरिएका छन् ।
देवकोटाले मत दिएसँगै पाण्डे नेतृत्वको सरकार जोगिने निश्चित बनेको छ ।