काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) पार्टीप्रति जनताको आशा र विश्वास नरहेको निश्कर्ष निकालेको छ ।
पार्टीको आजबाट सुरु भएको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । माओवादीले आफूलाई सर्वहारा वर्गको पार्टी भनेपनि बास्तवमा पार्टीको आशा र विश्वास नदेखिएको यादवको दाबी छ ।
प्रतिवेदनमा भनिएको छ–‘कम्युनिष्ट–माओवादी नामको खोलभित्र रहेको विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो । चिन्तन र व्यवहारमा माक्र्सवादी–लेनिनवादी माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हाबी रहेको छ । यस पार्टीका नेता तथा कार्यकर्ता ठूला ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रको रुपमा स्थापित हुँदै गैरहेको छ । यो पार्टीले सैद्धान्तिक रुपमा आफूलाई कम्युनिष्ट भनेतापनि राजनीतिक रुपमा एमालेभन्दा खासै भिन्नता देखिँदैन् ।’