Logo

गण्डकीमा सांसद देवकोटाले फ्लोर-क्रस गरेको भनेर प्रचार भएकोमा नेसपाको आपत्ति, निकाल्यो यस्तो विज्ञप्ती



काठमाडौं, २८ जेठ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो दलका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएको कुरा संविधानबमोजिम नै रहेको दाबी गरेको छ ।

नेसपाका प्रवक्ता कृष्ण शर्माले आज एक विज्ञप्ती जारी गर्दै पाण्डेले दिएको विश्वासको मतलाई लिएर फ्लोस क्रस भनि गरिएको प्रचारप्रति पनि आपत्ति जनाईएको छ ।

देवकोटा नेसपाकै उम्मेद्वार रहेको र निर्वाचन आयोगले पनि जितपश्चात् नेसपाकै सांसद भनेर प्रमाणपत्र दिएको शर्माको दाबी छ । माओवादीले भने सांसद देवकोटाले फ्लोर क्रस गरेको भनेर कारबाही गर्ने चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्