Logo

असार ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने, ७ गते बजेट पास गरिने



काठमाडौं,२९ जेठ । आगामी असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

प्रतनिधि सभा नयिमावली २०७९ परच्छिेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ ।

जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

यस्तो संसद्ले तय गरेको क्यालेन्डर अनुसार ७ असारमा संसद्बाट बजेट पास गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्