Logo

राप्रपा सांसद शाहीको प्रश्नः गिरीबन्धु टी स्टेटको फाइल कहिले खोलिन्छ ?



काठमाडौं, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले गिरीबन्धु टी स्टेट प्रकरणबारे सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले गिरीबन्धुको फाइल खोल्न माग गरेका हुन् ।

‘अहिले हामी ठूला फाइल खोल्दिन्छन् कि भनेर संसद्मा, म त चस्मा लगाउने मान्छे, चार वटा आँखा हेरेर बसिराखेको छु । गिरीबन्धु टी स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसद्मा हामी सुन्न आँतुर छौं,’– उनले भने ।

त्यसैरी, मेलम्ची, वाइटवडी, फोरजीलगायतका ठूला–ठूला घोटलाहरु टसमस नभएको उनले बताए । नेता शाहीले अहिले देश ठूलो हो कि जीवी राई ठूलो हो भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ । सरकारले जीवी राईलाई पक्राउ गर्न नसकेको भन्दै उनले छिटोभन्दा छिटो पक्राउ गर्न माग गरे ।

गृहमन्त्री रवि लामिछानेले आकाशमा भएपनि, पातलमा भएपनि जीवी राई खोजेर ल्याउँछु भनेपनि अहिलेसम्म केही नगरेको भन्दै उनले आपत्ति जनाए । File Photo



प्रतिक्रिया दिनुहोस्