Logo

अरू स्वार्थको लागि कुदेका छन्, एमाले देशका लागि मरिमेटेको छ : केपी ओली (भिडिओसहित)



काठमाडौं, २९ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनको लागि पनि २०८४ को निर्वाचनमा एमालेले तीनै तहमा एकल बहुमतको सरकार बनाउनुपर्ने बताएका छन् । उनले देशमा विद्यमान राजनीतिक दलहरुमध्ये एमालेले मात्रै देशको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने बताएका छन् ।

हिजो (सोमबार) काभ्रे जिल्लाको ११औं जिल्ला अधिवेशनको उद्घाटन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने,‘प्रतिष्पर्धा अरुसँग छैन् । अरु त स्वार्थको लागि मात्रै कुदेका छन् । नेकपा एमाले देशका लागि मरिमेटेको छ । अरु स्वार्थका पछाडिका कुदेका होलान् । एमाले विकासको पूर्वाधार तयार पार्नेदेखि लिएर पूर्वाधारलाई आधार बनाएर अघि बढेको छ ।’

उनले जहाँ नेपाली त्यहाँ एमाले रहेको सुनाए । उनले भने,‘यो जनताको पार्टी हो, यो जनजनमा छ । नेपालमात्रै होईन, जहाँ नेपाली छन् त्यहाँ एमाले छ । तरपनि एमाले किन विजयी हुन सकिरहेको छैन् ? यसमा दुई वटा कारण छ–हाम्रो शक्ति देखेर विरोधीहरुले आसाधारण ढंगले हमला गरे । चौतर्फी घेराबन्दी गरे । देशभित्र र बाहिर सबैतिरका सबै प्रतिक्रियावादी शक्तिहरु एक ठाउँ जम्मा भएर एमालेको विरुद्ध हमला गरे । एमालेको नेतृत्वलाई खुइल्याउन, एमालेको नेतृत्वलाई विस्थापित गर्न, एमालेका नीतिहरुको सहीपनालाई खण्डित गर्न, र ती नीतिहरु सही छैनन् भन्ने देखाउन अनेक प्रयास भए । पछि एमाले विभाजनको खेती सुरु गरे, र आन्तरिक रुपमा एमाले विभाजन अनिवार्य बनाईदिए । एमाले विभाजन गरेर छोडे । गराएर छोडे । यो विभाजन हुँदै जाँदा यत्तिकै भएको होईन ।’

पार्टी विभाजन गरेर एमालेलाई समाप्त पार्ने अवस्थालाई आफूहरुले पराजित गरिदिएको ओलीको दाबी छ । उनले एमालेलाई अब कसैले रोक्नसक्ने र पराजित गर्न सक्ने अवस्था नभएको पनि हुँकार गरे । त्यो कुरा केहीअघि सम्पन्न भएका उपनिर्वाचनले पनि देखाएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्