Logo

जबरजस्ती करणी मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सात वर्ष कैद र क्षतिपूर्ति भराउने फैसला



काठमाडौं, २९ जेठ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पूर्वन्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश दुर्गा भुसालको इजलासले गत जेठ २३ गते पूर्वन्यायाधीश गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका गिरीको मुद्दामा आइतबार सजाय निर्धारण भएको हो ।

पूर्वन्यायाधीश गिरीमाथि श्रीमती आरती रावल गिरीसँगको सम्बन्धविच्छेद मुद्दा विचाराधी रहेको अवस्थामा जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्