Logo

केही नेताहरूले पार्टी फुटाउन खाजेको माधव नेपालद्धारा स्वीकार, भन्छन्: त्यो दुस्साहस सफल हुँदैन



काठमाडौं,३० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने सपना काही कसैले देखेको भए त्यो व्यर्थ हुने बताएका छन् ।

बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कायृक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्लालाई संसदीय दलको बैठक डाकेर तुरुन्तै निस्तेज पारेको बताए ।

‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो,’ अध्यक्ष नेपालले भने, ‘दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम-गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन्’ ।

पार्टीलाई समाप्त पार्न खोज्ने प्रयास गर्नेहरू हुनु स्वाभाविक भएको अध्यक्ष नेपालको भनाइ छ ।अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन् । ‘यो धर्तिमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ । तपाईंहरू नेपालको खुफिया हो । सूचना पाए बताइदिनुहोला,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्