Logo

दशैंपछि राजसंस्था फर्काउनको लागि वारपारको आन्दोलन गर्छौं : धवलशमशेर जबरा (भिडिओसहित)



काठमाडौं, ३० जेठ । राप्रपाका महामन्त्री तथा सांसद डा. धवलशमशेर जबराले वर्षा याम सकिएपछि राजसंस्था फर्काउनको लागि पार्टीले वारपारको आन्दोलन गर्ने घोषणा गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले पार्टी नयाँ रणनीतिका साथ आन्दोलनमा होमिनको लागि तयारी अवस्थामा रहेको सुनाए । उनले गत चैत्र २७ गते पार्टीले आह्वान गरेको आन्दोलनमा जनताले काठमाडौं भरिएको बताए । उनले दशैंपछि काठमाडौंकेन्द्रित आन्दोलन हुने र राजसंस्था नफर्किएसम्म आन्दोलन नरोकिने जिकिर गरे ।

उनले अहिलेको व्यवस्थाले मुलुकलाई निकास नदिने ठोकुवा गरे । उनले नेपाललाई राजासहितको अधिराज्य बनाउने घोषणा गरे । उनले आफूहरु देशको व्यवस्था र जनताको अवस्था दुवै परिवर्तन गर्न लागिपरेको बताए । उनले अहिले देश समाप्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिले जनता सडकमा ओर्लिएकै राजाको पक्षमा भएको उनको दाबी छ । नेताहरुको पछि जनता सडकमा नओर्लिने उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot