काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएको छ । गत जेठ २८ गतेदेखि जनकपुरमा जारी रहेको महाधिवेशन नेतृत्व चयन भएसँगै सकिने छ । यसअघि पार्टी अध्यक्ष उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भइसकेको छ ।
पार्टीका विभिन्न पदहरुमा प्रतिस्पर्धाका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । पार्टी अध्यक्षमा भने उपेन्द्र यादव पुन दोहोरिने निश्चित भएको छ । पार्टी अध्यक्षमा उपेन्द्रबाहेक अन्य कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।
‘पार्टी अध्यक्षमा अध्यक्षज्यू पुनः दोहोरिनुहुन्छ । कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशन उत्साहका साथ जारी रहेको छ,’– रिपोर्टर्स नेपालसँगको कुराकानीमा जसपाका एक नेताले भने ।
।