Logo

…त्यसपछि पराजुलीलाई सभामुख घिमिरेले भने: त्यसको व्याख्या यहाँ नगरौं, कुरो के-हो त्योमात्र राखौं



काठमाडौं,३० जेठ । प्रतिनिधि सभाको बैठक जारी छ। बिहान साढे ११ बजेदेखि बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

आजको बैठकमा पनि मंगलबारको बैठकमा जस्तै आज पनि बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ । आजको बैठकको सुरुमा सभामुख देवराज घिमिरे र रास्वपाका सांसद गणेश पराजुलीबीच सदनमै सवालजवाफ चलेको छ । बैठकमा पराजुलीले विषेश समय लिएर बोलेका थिए ।

बैठकमा पराजुलीले कर्णालमा विद्युत नुगेको को कुरा उठाएका थिए । उनले भनेका िथए ‘लाचार र नीरिह विद्युत प्राधिकरण कर्णाली प्रदेश । यस्को पीरमा कर्णालीवासी जनता परेका छन् । आज पनि झरोबालेर रात काट्नुपरिरहेको छ । गर्मी बढेसँगै झनै कर्णालीको जनजीवन अस्तव्यवस्त बनेको छ । विगत केही दिनदेखि त्याहाँका जनताले हामीलाई फोन गरेर विद्युत आपूर्तिमा भएको समस्यालाई लिएर गुनासो गर्दै आएका छन् । त्यहाँका जनताका समस्या सदनमा बोलेरमात्र सम्बोधन हुँदैन भन्ने लागेर हाम्रो दल र स्वयँ म त्यहाँको भूगोलमा पुगेर फर्किएको छु । कर्णालीका नागरिकले भोगिरहेको दुखलाई यो सदनले कहिले देख्छ’ ।

सांसद पराजुलीले आफूहरुले कर्णालीमा पुग्नासाथ त्यहाको नागरिकको अवस्था देख्दा निक्कै दया र करुणा जागेको बताए । जिल्ला प्रशासन कार्यालयमा भएको पंखासमेत चल्न नसक्दा सरकारी कार्यालयसमेत अस्तव्यस्त बनेको जानकारी गराए । उनले त्यहाँका नागरिकले आफूहरुलाई सुनाएको पीडा भन्दै विभिन्न समस्या सुनाएका थिए ।

सांसद पराजुलीले त्यहाका नागरिकको पीडा सुनाउँदै उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले नदेखेको बताएका छन् । ‘…कर्णाली प्रदेशमा विजुली बाल्नको लागि मात्र चाहिने न्यूनतम विजुली जम्मा १७१८ मेगावट हो । तर, त्यहा हाल केन्द्रीय प्रशारण लाईनबाट जम्माजम्मी १५ मेगावट विद्युत पुगेको छ । यसको विकल्पको रुपमा चाहिने १३२ केभी लाईननै हो । तर, यो बाँके, कोहरपुर सुर्खेत प्रशारण लाईन त्यहाँ लैजाने भनिएपनि त्यहाँ पुग्न सकेको छैन् । म त्यहाी क्षनेत्रबार निर्वाचित भएका उर्जामन्त्रीलाई आग्रह गर्न चाहान्छु । सम्पूर्ण कर्णाली प्रदेश अन्धकार हुँदैगर्दा सम्पूर्ण कर्णालीवासी अन्धकारमा छन् । साँच्चै अर्थमा कर्णाली कर्णालीनै भएर बसेको छ । हामीले यसको समाधान गर्न किन ढिला गर्ने’ उनले भनेका थिए ।

सांसद पराजुलीले यति भनेर उर्जामन्त्रीले ध्यान दिनुपर्ने र सरकारले लगानीको स्रोत जुटाउनुपर्ने बताएपछि सभामुख देवराज घिमिरेले उनलाई रोकेका थिए । उनले कामै नभएको भन्दा पनि नागरिकले अनुभूति गर्न नसकेको बताएपछि उनलाई रोक्दै सभामुख घिमिरेले भने ‘माननीय सदस्य, लगानी कस्ले गर्छ, कहाँबाट लगानी ल्याइन्छ । योजना कहिले बताउँछ । यस्को व्याख्या यहाँ नगरौं । समस्या आफ्नो के हो त्योमात्र राखौं । आफ्नो कुरा के हो टक्क राखेर सिध्याउनुस् ।’ घिमिरेले त्यसो भनेपछि पराजुलीले आफ्नो सम्बोधन टुंग्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्