Logo

अशोक राईले नेतृत्व गरेको पार्टीको प्रमाणपत्र खोसिँदैछः मनिष सुमन (भिडिओसहित)



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले अशोक राईले नेतृत्व गरेको पार्टीको प्रमाणपत्र अदालतले खोस्ने दाबी गरेका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विधिसंगत रुपमा पार्टी विभाजन नभएकाले दर्ता प्रमाणपत्र खोस्ने निश्चित रहेको बताएका हुन् । अशोक राईलगायतका नेताहरु पार्टीको महाधिवेशनमा प्रतिस्पर्धाबाट डराएर हिँडेको उनको आरोप छ ।

साथै, उनले महाधिवेशनमा कुनै पनि महाधिवेशन प्रतिनिधिले प्रतिस्पर्धा गर्नसक्ने बताए । उनले अशोक राई नेतृत्वको जसपा अहिले अलपत्र अवस्थामा रहेको टिप्पणी गरे । उनले भने, ‘उहाँहरु अहिले रिस र रागमा बकबक गर्दै हुनुहुन्छ । आज सबैका लागि प्रतिस्पर्धा खुल्ला छ । उहाँहरु पनि हाम्रै पार्टीमा रहेको भए स्वभाविक रुपमा प्रतिस्पर्धा गर्न सक्नुहुन्थ्यो । प्रतिस्पर्धाबाट डराएर हिँडेकाहरुले छेउमा गएर वात गरेको हाम्रो कानसम्म पुग्दैन । पुग्न पनि हुँदैन । आजको सत्र सबैका लागि खुल्ला छ । कुन पार्टी अलपत्र छ भन्ने कुरा त जनकपुर आएर देखिन्छ । जसलाई अदालतले यथास्थितिमा राखेको, प्रमाणपत्र खोस्ने क्रममा छ । उ चाहीँ चालु पार्टी, हामी चाहीँ लथालिङ्ग पार्टी ?’

अध्यक्षमा बाहेक अन्य सबै पदमा उम्मेदवारी दर्ता गराउनको लर्को रहेको उनले बताए । महाधिवेशनपछि पार्टी अझै उर्जावान भएर जाने उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्