Logo

भू–राजनीति हेरेर पनि नेपालमा बलियो सरकार बनाउनुपर्छ : शेखर कोइराला (भिडिओसहित)



काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका प्रभाशाली नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाल भूराजनीतिमा पनि संलग्न भएकोले त्यसलाई हेरेर देशमा बलियो सरकार बनाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

आज (बुधबार) नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले देशमा बलियो सरकार बनाउनको लागि पनि संविधान संशोधन गरेर जानसक्नुपर्नेमा जोड दिए ।

सो क्रममा उनले देशको राजनीतिमा यतिवेला अपराधिकरण बढेको टिप्पणी गरे । उनले भने,‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढिरहेको छ,’ उनले भने ।

उनले अहिले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको पनि टिप्पणी गरे । उनले थपे,‘हामी विपक्षमा नै बस्ने हो । सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोशिस गरेर अनि मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्