Logo

जनवर्गीय संगठन प्रमुख भुसाल र फ्रयाक्सन इन्चार्ज शर्माद्वारा अखिल (क्रान्तिकारी) मा उमेरहद लगाउने प्रतिवद्धता



काठमाडौं, ३० जेठ । अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियानलाई तीब्र गतिमा अगाडि बढाएका छन् । २३औं राष्ट्रिय सम्मेलनमार्फत उमेर हद र वास्तविक विद्यार्थीका मुद्दाहरुलाई संस्थागत गराएरै छाड्ने उनीहरुको लक्ष्य छ । अखिल (क्रान्तिकारी) को उमेरहद ३२ वर्ष बनाउन विद्यार्थी नेताहरुले संगठन रुपान्तरण अभियान नै चलाएका छन् ।

यसैबीच अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताहरुले नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष एवं जनवर्गीय संगठन प्रमुख पम्फा भुसाल र अखिल (क्रान्तिकारी) फ्र्याक्सन इन्चार्ज हिमाल शर्मालाई भेटेर आफ्ना एजेण्डाहरु सुनाएका छन् । जनवर्गीय संगठन प्रमुख भुसाल र फ्र्याक्सन इन्चार्ज शर्मालाई भेट्न अखिल (क्रान्तिकारी) का नेताहरु विरेन्द्र जिसी, दिपेन्द्र शाही, शिशिर बस्याल, विरेन्द्र मगर, स्ववियू अध्यक्षहरु प्रेम जैशी, विष्णु ढुङ्गेल, रेशमलाल श्रेष्ठलगायतले भेटेका थियो । नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ढुङ्गेलले विद्यार्थी नेताहरु माझ जनवर्गीय संगठन प्रमुख भुसाल र फ्र्याक्सन इन्चार्ज शर्माले ३२ वर्षीय लगाउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

अस्कल क्याम्पस स्ववियू अध्यक्ष प्रेम जैशीले जनवर्गीय संगठन प्रमुख भुसाल र फ्रयाक्सन इन्चार्ज शर्माले अगामी जेठ ३२ गते हुने अखिल (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठकमा उमेरहदको विषय एजेण्डाको रुपमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।

संगठन रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले निरन्तर विभिन्न क्याम्पसमा भेला गर्दै तल्लो कमिटीसम्म आफ्नो आवाज पुर्याउने कोशिश गरिरहेका छन् । संगठन रुपान्तरण अभियानमा रहेका विद्यार्थी नेताहरुले अस्कल क्याम्पस, चक्रवती हावी एजुकेसन र नेपाल ल क्याम्पसमा कार्यक्रम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्