Logo

प्रचण्डलाई अब जनताले छाड्दै जान्छन्, दुस्मनले च्याप्दै जान्छ: विप्लव



काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब जनताले छाड्दै जाने र दुस्मनले च्याप्दै जाने खुलासा गरेका छन् । आज (सोमबार) बेपत्ता योद्धा परिवारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो माओवादीले जनयुद्धका क्रममा अमेरिकी शाही सेना भनेर विरोध गरेकाहरुसँग एमसीसीमा सम्झौता गरेको भन्दै आपत्ति जनाए । महासचिव विप्लवले माओवादीले देश बेचेको समेत आरोप लगाए । देश बेच्दै जाँदा माओवादीलाई अब जनताले छाड्दै जाने र दुस्मनहरुले च्याप्दै जाने बताए ।

‘माओवादीले जतिसुकै देश बुझाओस् न, झन प्रचण्डलाई, अब प्रचण्डको पालो आउँदैछ । तपाई जतिनै देश बुझाउँदै जानुुस् नि ! त्यतिनै घेरा हुन्छ । जनताले त्यत्तिकै छाड्दैजान्छन्, दुस्मनले त्यत्तिकै च्याप्दै जान्छ । यो त नियम हो नि,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरुलाई केही घोषणा गरौं भन्ने चाहेपनि राज्य सत्ताले नदिएको उनको भनाइ छ । ‘आज प्रचण्ड कमरेडले नचाहेको कुरा होईन । उहाँ चाहनुहुन्छ । हाम्रो कुरा पनि भइरहेको छ । घोषणा गरौं भन्ने उहाँले कोशिस पनि गरिराख्नु भएको छ । दिँदैनन् नि त । राज्य सत्ताले कहाँ दिन्छ ?’ उनले प्रश्न गरे ।

आफूलाई जनयुद्धका दर्जनौं घाइतेहरुले पनि भेट्ने गरेको बताउँदै उनले उनीहरुको अहिलेको अवस्था दर्दानक रहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot