Logo

बालेनको राजीनामा माग्दै कवाड व्यवसायीहरुले गरे प्रदर्शन



काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले विस्थापित गराउन खोजेको भन्दै कवाड व्यवासायीहरु निरन्तर आन्दोलनमा छन् । उनीहरुले गत असार २ गतेदेखि आन्दोलन सुरु गरेका हुन् । रिङरोड एरियामा कवाड व्यवसाय गर्न नदिने काठमाडौं महानगरको निर्णयलाई चूनौती दिँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको आदेशको समेत अवज्ञा गरेको बताएका छन् । कवाड व्यवसायीहरुलाई तत्काल नहटाउन अदालतले दिएको अन्तरिम आदेशको बेवास्ता गर्दै महानगरले कवाड व्यवसायीको टहराहरुमा डोजर चलाएको व्यवसायीहरुको गुनासो छ ।

आफूहरुको रोजगार गर्न पाउने हकको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । कवाड ब्यवसायीहरुले महानगर प्रमुख शाहको राजीनामासमेत माग गरेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot