Logo

काठमाडौंमा ०४६ को आन्दोलनको झल्को, बालेनको राजीनामा माग्ने कवाड व्यावसायी र प्रहरीबीच घम्साघम्सी (फोटोफिचर)



काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले विस्थापित गराउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका कवाड व्यवासायीहरु र प्रहरीबीच घम्साघम्सी भएको छ । काठमाडौंको काठमाडौं प्लाजा अगाडि रोडमा पुगेका प्रदर्शनकारी र प्रहरीबीच मुडभेडको स्थिति सिर्जना भएको थियो ।

प्रदर्शनकारीहरु पनि प्रहरीमाथि जाइलागेका थिए । उनीहरुले सडक पेटीमा रोपिएको विरुवा र बार उखेलेर प्रहरीमाथि प्रतिकार गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरुको भागाभाग भएको थियो । उनीहरु सडकमै बाइक छाडेर भागेका छन् ।

किन आन्दोलित छन् कवाड व्यवसायीहरु ?

उनीहरुले गत असार २ गतेदेखि आन्दोलन सुरु गरेका थिए । रिङरोड एरियामा कवाड व्यवसाय गर्न नदिने काठमाडौं महानगरको निर्णयलाई चूनौती दिँदै उनीहरु प्रदर्शन सुरु गरेका थिए ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले अदालतको आदेशको समेत अवज्ञा गरेको उनीहरुले बताउँदै आएका छन् । कवाड व्यवसायीहरुलाई तत्काल नहटाउन अदालतले दिएको अन्तरिम आदेशको बेवास्ता गर्दै महानगरले कवाड व्यवसायीको टहराहरुमा डोजर चलाएको व्यवसायीहरुको गुनासो छ ।

आफूहरुको रोजगार गर्न पाउने हकको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ । कवाड ब्यवसायीहरुले महानगर प्रमुख शाहको राजीनामासमेत माग्दै आएका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot