Logo

संसद्का कर्मचारीको आन्दोलन आजपनि जारी, कालोपट्टी बाँधेर प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीको आन्दोलन आज पनि जारी छ । उनीहरुले आज पनि आफ्नो जायज माग पुरा गराउन दवाव दिने उदेश्यले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

संसद् सचिवालयमा कार्यतर रहँदा अतिरिक्त समयमा गरेको कामको सेवा सुविधा माग गरेर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेको भत्तालगायत सेवा सुविधाहरू थप गर्न माग गरेका छन् । बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधानको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।

तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot