Logo

ललितपुरको सिडिओको प्रमुख आतिथ्यतामा मनाईयो १०औं अन्तर्राष्ट्रिय योग दिवस



काठमाडौं, ७ असार । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर योग दिवस मनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भक्तपुरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । उता, ललितपुरमा पनि ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा योग दिवस मनाइएको छ ।

सो कार्यक्रममा ललितपूर जिल्ला प्रहरी एसएसपी शेखर खनाल, सेना प्रमुख तथा अन्य प्रहरी अधिकृतहरु, निजामती कर्मचारीहरु, जिल्ला आयुर्वेद कर्मचारीहरुलाई अन्तराष्ट्रिय प्रोटोकल अनुसार योग गराईको योग गुरु कमलबहादुर राजलवटले जानकारी दिए ।

उनले योग दिवसलाई विशेष महोत्सवको रुपमा मनाईएको जानकारी दिए । ललितपूर जीवन विज्ञानको अगुवाई एवम् ललितपूर जिल्ला आयुर्वेद एवम् वैकल्पिक चिकित्सालयको प्रविधिक सहयोगकमा उक्त योग साधना सम्पन्न भएको थियो । बरिष्ठ बैध जानुका ढुङ्गाना भट्टराईको उक्त योग प्रोटोकलमा विशेष सहयोग रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot