काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । असार २० गतेसम्म कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् । महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधिले समभागिता जनाउँदैछन् ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको छ भने महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन गरिदैछ । पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिदैछ । Photo By: Mukunda Kalikote/Reporters Nepal