Logo

कांग्रेसले उद्योगमन्त्री भण्डारीलाई बुझायो मागपत्र



काठमाडौं, १७ असार । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकार्षण पत्र बुझाएको छ । आज (सोमबार) कांग्रेस केन्द्रीय सदस्य एवं विभाग प्रमुख सीता थपलिया (उर्मिला) को नेतृत्वमा मन्त्रालय पुगेका टोलीले मन्त्री भण्डारीलाई ध्यानाकार्षण पत्र बुझाएको थियो ।

कांग्रेसले स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकार्षण पत्रमा स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot