Logo

एमालेसँग सहकार्य गर्ने शेरबहादुर देउवाको निर्णय र आँट अर्गानिक हो भने यो उहाँको घरमा आएको तनाव नै कारण हो : पुरञ्जन आचार्य (भिडिओसहित)



काठमाडौं, २२ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर ओलीलाई नै प्रधानमन्त्री बनाउनको लागि साधारण तरिकाले तयार नभएको र यसको पछाडि केही खास कारण रहेको खुलासा गरेका छन् । प्राइम टिभीबाट आज (शनिबार) राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले देउवा र ओलीबीचको सहकार्यको पछाडिका कारणको खुलासा गरेका हुन् ।

पत्रकार धमलाले शेरबहादुर देउवाले एक्कासी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन तयार हुनुको रहस्य के हो भनेर राखेको प्रश्नमा आचार्यले भने-“त्यस्तो रहस्यमय संसारभित्र छिरेर म राजनीतिलाई बुझ्न चाहन्नँ । मलाई त्यो रहस्य चाहीँ थाहा छैन् । तर, घट्नाक्रमहरुले के देखाईरहेको छ भने शेरबहादुरजी यो बाटोमा जानको लागि लरोतरो किसिमले तयार भएको होईन । यसको पछाडि मैले भन्ने गरेको छु, मलाई लाग्दछ शेरबहादुरजीको पारिवारिक तनावले गर्दाखेरि र केपी ओलीजीको पनि पारिवारिक तनावले गर्दाखेरि, यो मैले बाहिर लिएको ईम्प्रेशनको कुरा हो । बाहिर के चर्चा थियो भने भ्रष्टाचारका फाईलहरु खुल्दै थिए, केही मान्छेहरु समातिएर आएका थिए । अब नामै लिएर भन्दा बेचन झा र प्रतिक थापाहरु समातिएका थिए । त्यहाँबाट चाहीँ सम्भवतः मलाई त्यो एक्ज्याट थाहा छैन, त्यहाँबाट चाहीँ आउने जुन सूचनाहरु हुन्छन्, त्यसले शेरबहादुरजीको घरमा र केपी ओलीजीको घरमा तनाव सिर्जना गर्नसक्छ, त्यो तनावचाहीँ फेम गरेको ईन्टेन्सनल्ली, त्यो पनि हुनसक्छ । तनाव के छ भने लेनदेन भएको र त्यसको जानकारी प्राप्त भएको जे बाट पनि हुनसक्छ ।”

पावर-एक्सरसाईज गर्ने र पावर सेन्टरसँग नजिक रहेका केही व्यक्तिले आफूसँगको भेटमा एमाले र कांग्रेसबीच सत्ता सहकार्यको लागि विगत तीन महिनादेखि नै गृहकार्य भएको कुरा आफूलाई सम्झाएको पनि उनले सुनाए । यद्धपी उनले आफूलाई दुई ठूला दलबीच सहकार्यको लागि तीन महिनादेखि नै गृहकार्य भएको थियो भनेर पत्यार नलागेको स्पष्ट पारे । एमालेसँग सत्ता सहकार्य गर्ने भनेर शेरबहादुर देउवाले लिएको निर्णय र आँट अर्गानिक हो भने त्यो घरमा आएको तनाव नै भएको उनको दाबी छ । उनले भने,”एमालेसँग सहकार्य गर्ने देउवाको निर्णय मौलिक हो भने त्यसको पछाडि नितान्त चाहीँ उहाँको घरमा आइआएको तनाव नै हो । तनाव नै हो । उहाँले चाहीँ यसलाई अनेक किसिमको भन्न सक्नुहोला ।”

आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको देउवा र ओलीको परिवारमाथि वक्रदृष्टि रहेको भनेर दाबी गरे । गृहमन्त्री लामिछानेले त संसद्मा नै २५ वटा भ्रष्टाचारको फाईल खोल्दैछु भनेर भनेको पनि उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot