Logo

प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी भएका छन् । कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थ, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि, कांग्रेसका रमेश लेखक गृहमन्त्री बन्नेका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षाामन्त्री, कांग्रेसकी आरजु राणाा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री, जनता समाजवादीका प्रदीप यादव खानेपानी, एमालेका बलराम अधिकारी भूमि व्यवस्था, एमालेकै दामोदर भण्डारी उद्योग, जनता समाजवादीका नवलकिशोर साह महिला, कांग्रेसका तेजुलाल चौधरी युवा, कांग्रेसका अजय चौरसिया कानुन, एमालेकी विद्या भट्टराईले शिक्षा मन्त्री बनेका छन् ।

यस्तै, एमालेका मानवीर राई रक्षा, कांग्रेसका दीपक खड्का ऊर्जा, एमालेका राजकुमार गुप्ता संघीय मामिला, कांग्रेसका ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बनेका छन् । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्